सरकारको समर्थनबारे निर्णय लिन माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक

  • प्रकाशित मिति : २०७८ बैशाख ५, आईतवार
  • नेपाल टेल संवाददाता

काठमाडौँ। नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बोलाएको छ ।

बैठक भोलि बिहान ११ बजे बस्नेछ । भोलिको स्थायी कमिटी बैठकमा पार्टीले सरकारलाई दिएको समर्थन बारे निर्णय लिइने एक नेताले बताए ।



उनले भने, ‘हामीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नैतिकताका आधारमा राजीनामा दिन भन्यौ । उहाँले अहिलेसम्म दिनुभएको छैन । अब हामीले दिएको समर्थन फिर्ता हुनेछ । त्यसका लागि भोलिको स्थायी कमिटी बैठकले निर्णय लिनेछ ।’

नेकपा माओवादी केन्द्रका नेताहरुले प्रधानमन्त्रीको राजीनामा मागिरहे पनि प्रधानमन्त्री ओलीले एक औपचारिक कार्यक्रममा आफ्नो नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएर देखाउन चुनौती दिएका थिए ।

यसअघि हिजो प्रधानमन्त्री ओलीले बोलाएको सर्वदलीय बैठकमा माओवादी केन्द्र सहभागी भएको थिएन् । प्रधानमन्त्रीको कार्यालयले सबैलाई जानकारी गराएको बताए पनि माओवादी केन्द्रले भने खबर नै नपाएको जनाएको थियो ।