काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान ९ बजेका लागि मन्त्रिपरिषद् बैठक बाेलाइएकाे छ ।
बैठकमा बढ्दो कोरोनाभाइरस नियन्त्रण तथा रोकथामका विषयमा छलफल हुने बताइएकाे छ ।
शनिबार बसेको सीसीएमसी बैठकले शहरी क्षेत्रका विद्यालयहरु आगामी वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस भएको थियो । तर, विद्यालयको पठन पाठन भने पूर्णरुपमा बन्द नगरी अनलाइन माध्यमबाट पढाउनुपर्ने सीसीएमसीको सर्त छ ।
आजको बैठकमा जसपा नेपालले उठाउँदै आएको मुद्दाका बारेपनि छलफल हुने बताइएको छ ।