हटस्पट काठमाडौँ : १०५१ जनामा कोरोना संक्रमण पुष्टि

  • प्रकाशित मिति : २०७८ बैशाख ८, बुधबार
  • नेपाल टेल संवाददाता

काठमाडौं उपत्यकामा १०५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबारको पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । उनका अनुसार काठमाडौंमा ७८६, भक्तपुरमा ८४ र ललितपुरमा १८१ जनामा गरी कुल १ हजार ५१ जना पुष्टि भएको पनि गौतमले जानकारी दिए ।