काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध एमालेकै वरिष्ठ नेता माधव कुमार नेपालसहितका ४ नेताले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । बिहीबार नेपालसहितका नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालको तर्फबाट तिलक थापाको वारेसनामा रिट दर्ता भएको छ ।
रिटमा ओलीले आफूहरुमाथि गरेको कारबाही अवैधानिक भएको तथा हालै सोधिएको स्पष्टीकरण पनि पार्टी विधानविपरित भएको दावी गरिएको छ । साथै फागुन २८ मा ओलीले एकपक्षीय रुपमा केन्द्रीय कमिटी बैठकका नाममा गरेका निर्णयहरु खारेज गर्न माग गरिएको छ । सो कारबाही खारेज गर्दै उपयुक्त आदेश दिन रिटमा माग गरिएको छ । रिट बुधबारै दर्ता गर्ने भनिएपनि बिहीबार मात्रै दर्ता भएको सर्वोच्च अदालतका सञ्चारविज्ञ किशोर पौडेलले जानकारी दिए ।
मुद्दाको पेसी आइतबारका लागि तोकिएको छ ।