लकडाउन बारे निर्णय गर्न मन्त्रिपरिषद्को बैठक बस्दै

  • प्रकाशित मिति : २०७८ बैशाख १३, सोमबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । मन्त्रिपरिषदको नियमित बैठक अपरान्ह पाँच बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ ।

कोरोना महामारीको दोस्रो लहर फैलिएपछि रोकथाम र नियन्त्रणका लागि आजको बैठक केन्द्रित हुनेछ ।



आइतबार मात्रै कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कम्तीमा तीन साता देशभर लकडाउन गर्न सिफारिस गरेको छ ।

सीसीएमसीले लकडाउन नभए निषेधाज्ञा हुनुपर्नेमा जोड दिएको थियो ।