काठमाडौं । काठमाडौ उपत्यकामा बिहिबारबाट एकसाताका लागि निषेधाज्ञा हुने भएको छ।
निषेधाज्ञाको अवधिमा अत्यावश्यक बाहेकका सेवा बन्द रहनेछन्। अधिकारीहरुका अनुसार खाद्य सामग्री र औषधी, स्वास्थ्य सामग्री पसलबाहेकका अन्य पसल हाललाई बन्द गरिने छ।
खाद्य सामग्रीका पसल बिहान १० बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म खुला गरिने छ।