काठमाडौँ । नेपाल पत्रकार महासंघको सदस्यता परिचय पत्रले काठमाडौँ उपत्यकामा समाचार संकलन गर्न पाईने भएको छ ।
नेपाल पत्रकार महासंघ काठमाडौ शाखाले जिल्ला प्रशासनलाई महासंघ र संचार संस्थाको परिचय पत्रबाट पनि समाचार संकलन गर्न पाउने ब्यावस्था गराउन माग गरेकोमा सोही मागलाई काठमाडौँ प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले स्वीकृति दिएका हुन ।