काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसहित एमालेका करीव ५० केन्द्रीय नेताहरू कन्ट्याक्ट ट्रेसिङमा परेका छन् ।
ऊर्जा, सिचाइँ तथा जलस्रोतमन्त्री टोपबहादुर रायमाझी र एमालेका केन्द्रीय सदस्य विष्णु रिजाललाई कोरोना संक्रमण भएपछि प्रधानमन्त्री ओली कन्ट्याक्ट ट्रेसिङमा परेका हुन् ।
कोरोना संक्रमण भएका मन्त्री रायमाझी मन्त्रिपरिषद र एमालेको केन्द्रीय कमिटीको बैठकमा सहभागी भएका थिए ।
केन्द्रीय सदस्य रिजाल पनि बालुवाटारको केन्द्रीय कमिटीको बैठकमा सहभागी भएका थिए । नेता रिजालले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण भएको भन्दै सम्पर्कमा आएकाहरूलाई सर्तक रहन अनुरोध गरेका थिए ।
बैठकका क्रममा रिजालसहितका एमालेका नेताहरूले प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापासहितका नेताहरूसँग मास्क नलगाएर सामूहिक तस्वीर खिचाएका थिए । केन्द्रीय कमिटीको बैठकलाई प्रधानमन्त्री ओलीले सम्बोधन गरेका थिए ।