काठमाडौं उपत्यकामा आज बाट १५ दिनका लागि निषेधाज्ञा शुरु

के खुल्छ, के खुल्दैन ?

  • प्रकाशित मिति : २०७८ बैशाख १६, बिहीबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा आज बाट १५ दिनका लागि पहिलो चरणको निषेधाज्ञा शुरु भएको छ ।

काठमाडौं, ललितपुर र भुक्तपुरमा एकसाथ आज (वैशाख १६ गते) बिहान ६ बजेदेखि वैशाख २२ गते मध्यरातिसम्मका लागि निषेधाज्ञा लागू गरिएको हो । लकडाउन शुरु हुनु भन्दा अघि (बुधबार) बेलुकासम्ममा काठमाडौं उपत्यकाबाट पाँच लाख सर्वसाधरण बाहिरएका छन् ।



प्रमुख जिल्ला अधिकारीहरूले शुरुमा एक हप्ता (वैशाख २२) सम्मका लागि निषेधाज्ञा घोषणा गरेका भए पनि पछि मन्त्रिपरिषदको बैठकले यसको अवधि १५ दिन तोकेकाले २२ गते पुनः अर्काे एक हप्ता निषेधाज्ञा जारी गरिनेछ ।