काठमाडौं। काठमाडौँ उपत्यकामा निषेधाज्ञासंगै प्रहरीले सडकमा कडाइ गरेको छ। काठमाडौंका ठाउँठाउँमा चेकिङ खडा गरिएको छ भने बिना कारण हिँडडुल गर्ने सर्वसाधारणलाई ठाउँठाउँमा होल्ड गरिएको छ।
तोकिएको बाहेकका सवारीसाधन चलाउनेलाई पनि नियन्त्रणमा राखिएको छ।
काठमाडौंका १२८ ठाउँका पिकेट ड्युटीमा प्रहरी परिचलान गरिएको छ भने ट्राफिक र प्रहरीले संयुक्तरुपमा ४४ ठाउँमा सवारी चेकिङ गरेको छ।