काठमाडौँ उपत्यकामा १५ सय बढी संक्रमित थपिँदा कहाँ कति थपिए ?

  • प्रकाशित मिति : २०७८ बैशाख १६, बिहीबार
  • नेपाल टेल संवाददाता

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १५६१ संक्रमति थपिएका छन् । यसमध्ये काठमाडौँ जिल्लामा ११२७, ललितपुरमा २५२ र भक्तपुरमा १८२ संक्रमित थपिएका हुन् ।

काठमाडौँ उपत्यकाबाहिर ५२८ र बाँकेमा ४८९ संक्रमित थपिएका छन् । त्यस्तै, कैलालीमा ३३९, मोरङमा १३७, पर्सामा १५० र दाङमा १८१ संक्रमित थपिएका छन् ।




पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ४ हजार ८३१ संक्रमित थपिएका छन् । जसमध्ये १७१४ जना महिला र ३११७ पुरुष रहेका छन् । एन्टिजेन विधिबाट ९७ जनामा संक्रमण पुष्टि भएको छ ।