सभापति देउवाले पत्रकार सम्मेलन गर्दै

  • प्रकाशित मिति : २०७८ बैशाख १७, शुक्रबार
  • नेपाल टेल संवाददाता

काठमाडौँ। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आज आकस्मिक पत्रकार सम्मेलनको आयोजना गर्दै छन् ।

आफ्नो निवास बूढानीलकण्ठमा दिउँसो ३ : ०० बजे कोभिड–१९ का सन्दर्भमा पत्रकार सम्मेलन गर्न लागेको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।



सभापति देउवाले पत्रकार सम्मेलनमार्फत कोरोना भाइरस सङ्क्रमणको नियन्त्रण र रोकथाममा सरकारको भूमिका तथा निषेधाज्ञा लागू गरिएपछि सर्वसाधारणको जनजीवनमा परेको प्रभावलगायत विषयमा धारणा व्यक्त गर्ने बताइएको छ ।

मुलुकभर दोस्रो लहरको कोराना भाइरस सङ्क्रमण तीव्र भएपछि सरकारले करिब डेढ दर्जन जिल्लामा यही वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू गरेको छ ।