काठमाडौं उपत्यकामा निषेधाज्ञा २९ गते सम्म थपियो, पसल बिहान ७-९ बजेसम्म मात्र खोल्न पाउने

  • प्रकाशित मिति : २०७८ बैशाख २१, मंगलवार
  • nepaltale.com

काठमाडौं। मंगलबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकपछि आगामी वैशाख २९ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए।

यसअघि काठमाडौं उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञाको समय भोलि राति १२ बजेसम्मका लागि तोकिएको थियो। त्यसको पूर्वसन्ध्यामा बैठक बसेर निषेधाज्ञाको समय लम्ब्याउने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी पराजुलीले जानकारी दिए। अबको निधेषाज्ञामा बजार पसल बिहान ७ बजेदेखि ९ सम्म मात्र खोल्न पाइने भएको छ।