संसद सचिवालयका ६५ जनालाई कोरोना पुष्टि

  • प्रकाशित मिति : २०७८ बैशाख २४, शुक्रबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । संसद सचिवालयमा संकलन गरिएको स्वाब परीक्षणका क्रममा ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वाब संकलन गरिएकामध्ये ६१३ जनाको रिपोर्ट आउँदा १४ जना सांसद र संसदका कर्मचारी, पत्रकार तथा सुरक्षाकर्मीसमेत गरी ६५ जनामा संक्रमण पुष्टि भएको हो ।



वैशाख २७ गते संसदको विशेष अधिवेशन आह्वान भएपछि वैशाख २२,२३ र २४ गते संसद भवन नयाँ वानेश्वरमा स्वाब संकलन गरिएको थियो ।