काठमाडौं। नेकपा एमालेको माधव कुमार नेपाल पक्षको बैठक जारी रहँदा माओवादी केन्द्र संसदीय दलको बैठक पनि बस्दैछ । माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा सिंहदरबारमा केहीबेरपछि बैठक सुरु हुने एक सांसदले बताए । बैठकका लागि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सिंहदरबारमा पुगिसकेका छन् भने शीर्ष नेताहरु पनि पुग्ने क्रम सुरु भएको छ।
सिंहदरबारमा प्रचण्ड
- प्रकाशित मिति : २०७८ बैशाख २७, सोमबार
- नेपाल टेल संवाददाता