काठमाडौं। नेकपा एमालेका नेता वामदेव गौतमले माधवकुमार नेपालले पार्टी विभाजन गरेर जाने अवस्थामा आफूले सहयोग गर्ने बताएका छन्।
पार्टीमा समानान्तर गतिविधि गर्ने र कमिटी बनाउनेजस्ता काममा भने आफ्नो सहमति नहुने उनको भनाइ छ।
गौतमले आफ्ना प्रेस सहयोगी विश्वमणि सुवेदीमार्फत् दुई धारणा सार्वजनिक गर्दै सोमबार उक्त कुरा भनेका हुन् ।