प्रचण्ड र देउवाबीच भेटवार्ता सकियो, के भयो कुराकानी ?

  • प्रकाशित मिति : २०७८ बैशाख २८, मंगलवार
  • नेपाल टेल संवाददाता

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बीचको भेटवार्ता सकिएको छ । देउवा निवास बूढानीलकण्ठमा भएको छलफल भर्खरै सकिएको हो ।

देउवानिकट स्रोतका अनुसार दुई नेताबीच करिब ४० मिनेट भेटवार्ता भएको छ । भेटमा बहुमतको सरकार बनाउने विषयमा छलफल भएको बताइएको छ ।



आजै मात्र सभापति देउवाले सर्वदलीय बैठक बोलाउनुभएको थियो । तर, दिउँसो २ बजे बोलाइएको बैठक स्थगित गरेर उहाँले पार्टीको पदाधिकारी बैठक बोलाउनुभयो ।

देउवा आफ्नो पक्षमा बहुमत जुटाउन लागि पर्नुभएको छ । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्पमा बहुमतको सरकार गठनका लागि कसरत थाल्नुभएको छ ।

सोमबार प्रधानमन्त्री ओलीले संसद्मा विश्वासको मत गुमाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) बमोजिम बहुमतको प्रधानमन्त्री बन्ने दाबी पेश गर्न आव्हान गर्नुभएको थियो । यसपछि कांग्रेससँगै विपक्षी दलहरुले आफ्नो गठबन्धनमा बहुमत पु¥याउने कसरत थालेका थिए । सोहीअनुरुप देउवाले थप प्रयास अघि बढाउनुभएको हो ।