काठमाडौँ उपत्यकामा २४ घण्टामा ३९२४ जनामा संक्रमण पुष्टि

  • प्रकाशित मिति : २०७८ बैशाख २९, बुधबार
  • nepaltale.com

काठमाडौँ। पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्‍यकामा ३९२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका ३ हजार २५०, भक्तपुरका २२६ र ललितपुरका ४४८ जना संक्रमित भेटिएका हुन् ।

यस्तै बुधबार मात्रै देशभर ९ हजार ३०५ जना कोरोना संक्रमित थपिएका छन् भने १६८ जनाको मृत्‍यु भएको मन्त्रालयले जनाएको छ ।