दुई/चार दिनलाई राजीनामा टर्‍यो, अब कार्यदल बन्छ : नेता नेपाल

  • प्रकाशित मिति : २०७८ बैशाख ३०, बिहीबार
  • नेपाल टेल संवाददाता

काठमाडौ। नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्तापछि नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले तत्कालका लागि आफूहरूको राजीनामा टरेको बताएका छन् ।

उनले भने, ‘राजीनामा दुई/चार दिनलाई टर्‍यो, कार्यदल बन्छ ।’



अध्यक्ष ओलीसँग झण्डै चार घण्टा छलफल गरेपछि नेता माधवकुमार नेपालले राजीनामाको कुरा केही दिनलाई टरेको बताएका हुन् ।

‘हामी दुईजना बीच कुराकानी हुँदा पार्टी भित्रकै विषयमा छलफल भए । छलफलमा फागुन २८ को निर्णय फिर्ता गर्ने र सर्वोच्चको फैसलाअनुसार जेठ २ गतेको अवस्थामा फर्कने बारेमा कुरा भएको छ । छलफल जारी छ’ नेता नेपालको भनाई छ ।