काठमाडौं । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवसँग निर्णायक छलफल गर्ने भएका छन् । काँग्रेसको पदाधिकारी बैठकमा देउवाले यादवसँगको छलफलपछि आगामी रणनीति तय गर्ने बताएका सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए ।
महतका अनुसार छलफलका लागि यादव देउवा निवास बूढानीलकण्ठ जाँदै छ । देउवा र यादव बीचको छलफलमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि सामेल हुने उनको भनाई छ । माओवादीको स्थायी कमिटी सकिएपछि प्रचण्ड पनि देउवा निवास जाने छन् । तीन नेताबीच छलफल गरेर बहुमतको सरकार निर्माणका लागि माग दाबी पेस गर्ने नगर्ने तय हुने महतले बताए ।