ओली प्रधानमन्त्री नियुक्त हुँदै, सपथग्रहण भोलि

  • प्रकाशित मिति : २०७८ बैशाख ३०, बिहीबार
  • नेपाल टेल संवाददाता

काठमाडौँ। नेकपा एमालेले दुई वा दुई भन्दा बढी दलको बहुमत लिएर सरकारको दावी नगर्ने भएको छ । राष्ट्रपतिले दिएको समयभित्र कांग्रेस-माओवादीले दावी नगरपछि एमालेले पनि दावी नगर्ने भएको हो ।

महन्थ ठाकुर पक्षसँग तटस्थ रहने बाहेक बहुमतको सरकार दावी गर्ने कुनै कुरा नभएकोले संविधानको धारा ७६ को उपधारा ३ बमोजिमको सरकार बन्ने प्रधानमन्त्रीका स्रोतले जनाएको छ ।



प्रधानमन्त्री केपी शर्मा ओलीको सपथ ग्रहण शुक्रबार दिउँसो साढे २ बजे हुने भएको छ । आजै राति प्रधानमन्त्रीमा नियुक्त गर्ने र भोलि सपथ ग्रहण गराउने शीतलनिवासको तयारी छ ।

अहिले राष्ट्रपति कार्यालयमा ओलीको नियुक्तिको तयारी भइरहेको छ ।