काठमाडौं। केपी शर्मा ओली नेपालको प्रधानमन्त्रीमा पुनः नियुक्ती भएका छन् । उनलाई संसदको सबैभन्दा ठूला दलको हैसियतले राष्ट्रपति विद्यादेवी भण्डारीले पुनः नियुक्त गरेकी हुन् ।उनलाई राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा (३) बमोजिम नियुक्त गरेकी हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सपथ ग्रहण शुक्रबार दिउँसो साढे २ बजे हुने भएको छ ।