प्रमलाई थापाको आग्रहः पार्टीभित्रका विवाद केही दिन रोकेर जनता जोगाउन लाग्नुस्, हामी पनि सहयोग गर्छौ

  • प्रकाशित मिति : २०७८ जेष्ठ २, आईतवार
  • नेपाल टेल संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ‌कोरोना महामारीविरूद्घ ओलीले इमान्दार रूपमा काम गर्ने हो त्यसमा आफूहरूले सहयोग गर्ने बताएका छन् ।

थापाले एक भिडिओ सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीलाई उद्घाटन र शिलान्यास तथा पार्टीभित्रका विवाद केही दिनलाई छाडेर महामारीविरूद्घ समय दिन पनि आग्रह गरेका हुन् ।



थापाले भनेका उक्त भिडियोमा भनेका छन्, ‘तपाईं इमान्दारितापूर्वक यो महामारीसँग जुधिरहेका नेपाली जनताको जीवन जोगाउन लाग्ने हो भने म र मजस्ता कयौंलाई नदीको अर्को किनारामा होइन तपाईंसँगै उभिएको पाउनु हुनेछ,’

प्रधानमन्त्रीले सबै ध्यान र समय कोरोना महामारीविरूद्घ लगाएमा सरकारलाई सफल बनाउन सबैले सहयोग गर्ने पनि उनले बताएका छन् । उनले भने, ‘योपटक फरक ढंगले काम गरौं । अक्सिजन नपाएर छटपटाएकालाई सास दियौं र आर्यघाट पुग्ने शवलाई घटाउने काम गरौं । महामारीविरूद्घ मिलेर काम गरौं ।’

प्रधानमन्त्रीका थुप्रै विचार र कामबारे असहमति भए पनि महामारीका बेला सँगै काम गर्न चाहेको थापाको भनाइ छ । अक्सिजन नपाएर छटपटाएकालाई सास दियौं र आर्यघाट पुग्ने शवलाई घटाउने काम सहकार्य गर्न थापाले प्रमलाई आग्रह गरेका छन् ।