काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ९२४७ जना कोरोनाका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको आरटी–पीसीआर परीक्षणमा ९१९८ र सिमा नाकामा गरिएको एन्टिजेन परीक्षमा ४९ गरी ९२४७ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमणबाट थप २१४ जनाको मृत्यु भएको छ । यसैगरी २४ घण्टामा ५७६७ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।