दुई देशको अन्तर्राष्ट्रिय उडान खोल्ने सरकारकाे निर्णय

जतिसक्दाे चाँडै प्रधानमन्त्रीले विस्वासकाे मत लिने विषयमा पनि छलफल

  • प्रकाशित मिति : २०७८ जेष्ठ ३, सोमबार
  • नेपाल टेल

काठमाडौँ । सरकारले कतार र ग्वान्जाउमा हवाई उडान खोल्ने निर्णय गरेको छ । साेमबार साँझ बसेको मन्त्रिरिषद् बैठकले यस्तो निर्णय गरेको परराष्टमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । उनका अनुसार अन्तर्राष्ट्रिय उडान बन्द हुँदा कोभिड–१९ विरुद्धका स्वास्थ्य सामग्री र मानवीय आपूर्ति नै रोकिएपछि दुई देशमा सातामा एक एक उडान हुने गरी उडान खोल्ने निर्णय भएको छ ।

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले जतिसक्दो चाडै संसदबाट विस्वासको मत लिने जानकारी पनि उनले गराए । कति समयमा लिन लाग्नुभएको हो भन्ने प्रश्नमा परराष्ट्रमन्त्री ज्ञवालीले भने, यसै दिन भन्ने छैन, कुरा यति हो जति सक्दो जाडै विस्वासको मत लिने गरेर छलफल भएको छ ।’