थप ८१७३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

थप २४६ जनाको मृत्यु

  • प्रकाशित मिति : २०७८ जेष्ठ ५, बुधबार
  • नेपाल टेल

काठमाडौं। पछिल्ला २४ घण्टामा नेपालमा थप ८१७३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । यस्तै ७ हजार ९८९ जना पछिल्ले २४ घण्टामा संक्रमणमुक्त भएको पनि गौतमले जानकारी दिए ।

बुधबार काठमाडौं उपत्यकामा २४८६ जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा संक्रमणबाट थप २४६ जनाको मृत्यु भएको छ ।