योगेश भट्टराईले असहमति जनाएपछि उनको नाम विपक्षी गठबन्धनको हस्ताक्षरबाट हटाइयो

  • प्रकाशित मिति : २०७८ जेष्ठ ७, शुक्रबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाल समूहमा रहेका नेताहरु योगेश भट्टराईले असहमति जनाएपछि उनको नाम विपक्षी गठबन्धनको हस्ताक्षरबाट हटाइएको छ ।

नेता भट्टराईले आफू यो प्रक्रियामा सहभागी हुन नसक्ने भन्दै नाम समावेश नगर्न आग्रह गरेका थिए । त्यसपछि उनको नाम हटाइएको स्रोत बताउँछ ।



त्यस्तै नेपाल समूहमा रहेका सुरेन्द्र पाण्डे, घनश्याम भुसाललगायत पाँच नेताले आफूहरुको पनि सहमति नभएको जनाएको एमालेकै एक नेताले बताए ।