काठमाडौं। सरकारले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई खारेज गरेको छ । सीसीएमसी शुक्रबारबाट लागु हुने गरी खारेज भएको सरकारका एक मन्त्रीले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा कोभिड–१९ निर्देशक समिति गठन भएकाले सीसीएमसी खारेज सो सरह भएको ति मन्त्रीको भनाई छ ।
समितिका सदस्यमा उपप्रधानमन्त्री, स्वास्थ्य तथा जनसंख्या, गृह, अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति र परराष्ट्रमन्त्री, मुख्य सचिव र प्रधानसेनापति रहने व्यवस्था गरिएको छ ।
अघिल्लो बर्ष उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा सीसीएमसी गठन भएको थियो । ‘नयाँ अध्यादेशमार्फत छुट्टै खालको संरचना परिकल्पना गरिएको छ । त्यो प्रधानमन्त्रीकै अध्यक्षतामा बनाउने निर्देशक समिति बन्ने भएर अध्यादेश नै आइसक्यो त्यसले गर्दा सीसीएमसी खारेज भयो भनेर बुझ्दा हुन्छ’, ति मन्त्रीले बताए ।
सरकारको सिफारिसमा राष्ट्रपतिले बिहीबार ‘कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ जारी गरेकी थिइन् ।