राष्ट्रपतिले संविधान च्यातेको कांग्रेसको आरोप

  • प्रकाशित मिति : २०७८ जेष्ठ ८, शनिबार
  • nepaltale.com

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपतिले संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार गठनमा कसैको दावी नपुगेको निर्णय लिनु संविधान विपरीत भएको जनाएको छ ।

कांग्रेस नेता रमेश लेखकले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पदको मर्यादा विपरीत संविधान च्यात्ने काम भएको टिप्पणी गरेका छन् ।