भारतमा संक्रमित दर घट्दो क्रममा

  • प्रकाशित मिति : २०७८ जेष्ठ ८, शनिबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । भारतमा केही दिन अगाडी दैनिक ४ लाखमा कोरोना भाइरस संक्रमण देखिदै आएको एको थियो । तर गत केही दिनदेखि संक्रमितको दरमा कमि आएको छ ।

वल्डोमिटर्सको तथ्यांक अनुसार भारतमा एकैदिन २ लाख ५४ हजार ३ सय ९५ जनामा कोरोना संक्रमण देखिएको छ ।यसरी भारतमा कोरोना संक्रमितको संख्या दुई करोड ६२ लाख ८५ हजार ६९ पुगेको छ ।



त्यसैगरी भारतमा कोरोना संक्रमणको कारण एकैदिन ४ हजार १४३ जनाको मृत्यु भएको छ । यसरी भारतमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या दुई लाख ९५ हजार ५०८ पुगेको छ ।

त्यस्तै भारतमा दुई करोड ३० लाख ५९ हजार १७ जना संक्रमित उपचारपटि निको भएका छन् भने दुई लाख ९३ हजार ५४४ जना उपचाररत छन् ।