नेविसंघको विज्ञप्ति, युवा तथा विद्यार्थीलाई संघर्षको मैदानमा उत्रिन आह्वान

  • प्रकाशित मिति : २०७८ जेष्ठ ८, शनिबार
  • नेपाल टेल संवाददाता

काठमाडौं। नेविसंघले सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेको भन्दै संघर्षमा उत्रन आह्वान गरेको छ।

नेविसंघ अध्यक्ष राजिव ढुंगानाले आज विज्ञप्ति निकालेर युवा तथा विद्यार्थीलाई संघर्षको मैदानमा उत्रिन आह्वान गरेका हुन्।



गए राति सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गर्दै निर्वाचनको मिति घोषणा गरेकी थिइन्।