झलनाथ-माधव नेपाल समूहले दर्ता गर्यो नयाँ पार्टी !

  • प्रकाशित मिति : २०७८ जेष्ठ ९, आईतवार
  • नेपाल टेल संवाददाता

काठमाडौं। नेकपा एमालेका युवा नेता जीवन राईको नेतृत्वमा निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) दर्ता भएको छ ।

नेकपा (एकीकृत) को उपाध्यक्षमा कल्पना गुरुङ, महासचिव विनोद खुलाल, सचिव ऐनविक्रम कुँवर र कोषाध्यक्ष सुशील खनाल रहेको पदाधिकारी रहेको निर्वाचन आयोग स्रोतले बताएको छ ।



झलनाथ खनाल-माधव नेपाल पक्षले नयाँ पार्टी दर्ता गर्ने तयारी गरिरहँदा नेपालनिकट युवा नेताहरुले दर्ता गराएको नेकपा एकीकृत नै नेपालको पार्टी रहेको चर्चा चलेको छ ।

अनेरास्ववियुको उपाध्यक्षमा पराजित भएदेखि पार्टीमा कुनै जिम्मेवारी नपाएकाले आफूहरूले अलग पार्टी दर्ता गरेको उनको भनाइ छ । पार्टीको चुनाव चिन्ह कलम दाबी गरिएको राईले बताए ।