संसद विघटनविरुद्ध विपक्षी गठबन्धन भोलि सर्वोच्च जाने

  • प्रकाशित मिति : २०७८ जेष्ठ ९, आईतवार
  • नेपाल टेल संवाददाता

काठमाडौँ । विपक्षी दलहरुको गठबन्धनले संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा सोमबार रिट दायर गर्ने भएका छन् ।

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले आइतबार समय अपुग भएकाले सोमबार विहान १० देखि ११ बजेका बीचमा सर्वोच्च अदालत जाने बताए ।