विपक्षी गठबन्धन सर्वोच्च पुग्यो, रिट दर्ता हुँदै

  • प्रकाशित मिति : २०७८ जेष्ठ १०, सोमबार
  • नेपाल टेल संवाददाता

काठमाडौँ। संसद विघटनविरुद्ध रिट दर्ता गर्न विपक्षी गठबन्धन सर्वोच्च अदालत पुगेको छ ।

गठबन्धनमा रहेका सबै सांसदहरुको हस्ताक्षरसहित अदालतमा रिट दायर गर्न विपक्षी गठबन्धनका नेताहरू सर्वोच्च पुगेका हुन् ।



रिटमा संसद विघटनको निर्णय खारेज गर्न र प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवालाई नियुक्त गराउन परमादेशको माग गरिएको बुझिएको छ ।