वृद्धभत्तासँग भोट साट्ने कामचलाउ सरकारको दाउ

  • प्रकाशित मिति : २०७८ जेष्ठ ११, मंगलवार
  • नेपाल टेल संवाददाता

काठमाडौं। सरकारले आउँदो शनिवार आर्थिक वर्ष २०७८/०७९ को लागि बजेट ल्याउँदैछ । संसद विघटन भएपछि अध्यादेशबाट बजेट आउनेछ । नेपालको संविधान (२०७२) बनेपछि पहिलो पटक अध्यादेश मार्फत आगामी बजेट सार्वजनिक गर्न लागिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर चुनावको मिति पनि घोषणा गरिसकेका छन् । यसकारण पनि अबको चुनावमा जसरी पनि जनमत आफ्नो पक्षमा पार्ने ओली सरकारको रणनीति छ । आगामी बजेटमा प्रधानमन्त्री ओलीले चुनावी घोषणापत्रमा उल्लेख भए बमोजिम नै सामाजिक सुरक्षा अन्र्तगतको वृद्धभत्ता पाँच हजार पुर्याउन दबाव दिइरहेको अर्थमन्त्रालय स्रोतले बताएको छ ।



उसो त प्रधानमन्त्रीले विभिन्न कार्यक्रममै आगामी बजेटबाट वृद्धभत्ता बढाउने उद्घोष गरिसकेका छन् । पाँच वर्षभित्र पाँच हजार पुर्याउने भने पनि यसै वर्ष पाँच वर्ष पुर्याउन ओली सरकार कस्सिएको छ ।