झण्डै २१ लाख व्यक्तिले सवारी चालक अनुमति पत्र पाए

  • प्रकाशित मिति : २०७८ जेष्ठ १५, शनिबार
  • नेपाल टेल संवाददाता

काठमाडौं। नेपालमा झण्डै २१ लाख व्यक्तिले सवारी चालक अनुमति पत्र (स्मार्ट ड्राइभिङ लाइसेन्स) प्राप्त गरेका छन् ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७७ प्रतिवेदनले यस्तो देखाएकोे हो । सर्वेक्षणका अनुसार गत फागुन मसान्तसम्म २० लाख ८७ हजार ६८३ स्मार्ट ड्राइभिङ लाइसेन्स वितरण गरिएको जनाएकोे छ ।



२०७७ असारसम्म १८ लाख १३ हजार २९१ जनालाई वितरण गरिएकोमा त्यसपछिको ८ महिनामा २ लाख ७४ हजारलाई स्मार्ट ड्राइभिङ लाइसेन्स वितरण गरिएको हो ।