जसपामा स्पष्टीकरणको होडबाजी, महन्थले पनि पठाए उपेन्द्रलाई २४ घण्टे पत्र

  • प्रकाशित मिति : २०७८ जेष्ठ १५, शनिबार
  • नेपाल टेल संवाददाता

काठमाडौं। जसपाका अध्यक्ष महन्थ ठाकुरले तोकिएको समयमा स्पष्टीकरण नबुझाएको भन्दै अर्का अध्यक्ष उपेन्द्र यादवलाई फेरि स्पष्टीकरण पठाउन ताकेता गरेका छन् । उनले २४ घण्टे अल्टिमेटमसहित पुनः स्पष्टीकरण पत्र पठाउँदै सो अवधिमा जवाफ प्राप्त नभए पार्टीबाट निष्काशन समेतको कारबाही हुन सक्ने चेतावनी दिएका छन् ।

यसअघि उपेन्द्र यादवले पनि ठाकुरलाई तोकिएको समयमा स्पष्टीकरण नबुझाएको भन्दै २४ घण्टे अल्टिमेटमसहितको पत्र पठाएका थिए ।




जेठ ११ गते पार्टी हितविपरितको गतिविधि गरेको भन्दै स्पष्टीकरण सोधिएकोमा तोकिएको ३ दिनभित्र जवाफ प्राप्त नभएकाले २४ घण्टाको समय दिइएको स्पष्टीकरणपत्रमा उल्लेख छ ।