ओली सरकारलाई सहयोग नगर्न राज्यका निकायलाई गठबन्धनको चेतावनी

  • प्रकाशित मिति : २०७८ जेष्ठ १६, आईतवार
  • नेपाल टेल संवाददाता

काठमाडौं । नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) लगायतको गठबन्धनले दीर्घकालीन असर पर्ने कुनै काम नगर्न राज्यका निकायलाई चेतावनी दिएको छ।

आइतबार देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकपश्चात नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेबाट निष्कासित माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाको तर्फबाट संयुक्त विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभाको पुनःस्थापना र वैकल्पिक प्रधानमन्त्रीको रुपमा १४९ सांसदको हस्ताक्षरसहित विधिवत दाबी गरेको अवस्थामा सरकारले त्यस्ता निर्णय गर्न नमिल्ने जिकिर गरिएको छ।