सामाजिक सञ्जाल प्रयोग गर्दा सचेत हुनु भन्दै प्रहरीले जारी गर्यो यस्तो विज्ञप्ति

  • प्रकाशित मिति : २०७८ जेष्ठ १६, आईतवार
  • नेपाल टेल संवाददाता

काठमाडौं। सामाजिक सञ्जालमाको प्रयोग गरी अपराधिक समूहले मानिसहरुलाई ब्ल्याकमेल गर्ने घटनाहरु बढेको प्रहरीले जनाएको छ। आइतबार एक सूचना जारी गर्दै नेपाल प्रहरीले सामाजिक सञ्जालमाफर्त हुने च्याटमा अश्लिल गतिविधि गर्न उक्साउने र त्यसपछि फसाउनेको विगविगी भएको बताएको छ।

प्रहरीले भनेको छ, ‘फेसबुक, ह्वाट्सएप, भाइबर, इमोमा भिडियोकल गर्दा आफैले शुरुमा अश्लिल काम गरी अश्लिल काम गर्न उक्साउने र त्यो कल वा भिडियोलाई रेकर्ड गरी पैसा माग्ने क्रम बढेको छ।’ प्रहरीले सामाजिक सञ्जाल प्रयोग गर्दा सचेत हुनुपर्ने भन्दै सार्वजनिक सूचना जारी गरेको हो।