लुम्बिनीमा कांग्रेसका पाण्डे राष्ट्रिय सभा सदस्य निर्वाचित

एमाले उम्मेदवार ५४६ मतले पराजित

  • प्रकाशित मिति : २०७८ जेष्ठ १७, सोमबार
  • नेपाल टेल

काठमाडौं। लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि भएको निर्वाचनमा नेपाली कांग्रेससहितको गठबन्धनका उम्‍मेदवार दृगनारायण पाण्डे विजयी भएका छन् । उनले सत्तारुढ नेकपा एमालेका उम्‍मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गरे । कांग्रेसका पाण्‍डेले १६० मत पाए भने एमालेका खड्काले १२३ मत पाए । विजयी भएको घोषणा भने हुन बाँकी छ । पाण्डेलाई नेकपा माओवादी केन्द्र, जसपा उपेन्द्र पक्ष, राष्ट्रिय जनमोर्चाको समर्थन थियो ।

कुल ३ सय मतदाता रहेकोमा २ सय ९७ मत खसेको थियो । बाँकेको नेपालगञ्ज उपमहानगरका मेयर धवलशंसेर राणा, बांकेकै नरैनापुर गाउपालिकाका अध्यक्ष ईस्तियाक अहमद शाह र गुल्मीको गुल्मीदरवार गाउँपालिकाका अध्यक्ष अशोक थापाले मतदान गरेनन् ।