विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष थापाको अन्तिम संस्कार आजै

  • प्रकाशित मिति : २०७८ जेष्ठ १८, मंगलवार
  • नेपाल टेल संवाददाता

काठमाडौं। विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापाको परिवारले उनको अन्तिम संस्कारमा सहभागी नहुन आग्रह गरेको छ।

विवेकशील साझाका पूर्वअध्यक्ष उज्वल थापाकाे निधन
अहिलेको संक्रामक रोगको समयमा थापाको अन्तिम संस्कार एउटा साधारण पारिवारिक तवरले सम्पन्न गर्ने परिवारको इच्छा भएको भन्दै सम्भव भएसम्म सहभागी नभइदिन उनको परिवारले अनुरोध गरेको हो।



पारिवारिक स्रोतका अनुसार थापाको अन्तिम संस्कार आजै पशुपति आर्यघाटमा हुने भएको छ।

कोरोना संक्रमण भई गम्भीर बिरामी परेका थापाको उपचारका क्रममा मेडिसिटी अस्पतालमा निधन भएको हो।