एमाले स्थायी कमिटी बैठक आज अपरान्ह ४ बजे बस्ने

  • प्रकाशित मिति : २०७८ जेष्ठ २०, बिहीबार
  • नेपाल टेल संवाददाता

काठमाडौं। सत्तारूढ दल एमालेको स्थायी कमिटी बैठक आज ४ बजे बस्दैछ।

नेता माधवकुमार नेपाल पक्षका केही नेताहरुसँगको आन्तरिक परामर्श र छलफल जारी रहेको तथा बैठकको अन्य एजेण्डाबारेमा आन्तरिक गृहकार्य पूरा हुन नसकेपछि बुतधबार बस्ने तय भएकाे बैठक आज चार बजे बस्ने गरी स्थगित गरिएकाे थियाे।



प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा पार्टी एकताका विषयमा छलफल हुने बताइएकाे छ।