आज ६ हजार ८२५ जनालाई संक्रमण पुष्टि, ७५ जना संक्रमितको मृत्यु

५ हजार ९०४ निकाे भएका छन्

  • प्रकाशित मिति : २०७८ जेष्ठ २०, बिहीबार
  • नेपाल टेल

काठमाडौं । नेपालमा आज ६ हजार ८२५ जनालाई संक्रमण पुष्टि भएको छ । आज ५ हजार ९०४ निकाे भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ७५ जना संक्रमितको मृत्यु भएको छ ।



अहिलेसम्म नेपालमा ५ लाख ८६ हजार हजार ५०९ जनालाई संक्रमण पुष्टि भएको छ जसमध्ये ४ लाख ६७ हजार ४६७ जना संक्रमणमुक्त भएका छन् भने ७ हजार ६३० जनाको मृत्यु भएको छ

अहिले १ लाख १ हजार ८३९ जना संक्रमित आइसोलेसनमा छन् । पछिल्लो २४ घण्टामा १८ हजार ५६२ पीसीआर र ३२११ एन्टीजेन परीक्षण भएको छ ।