काठमाडौं । नेपालमा आज ७५ जना संक्रमितको मृत्यु भएको छ । आजै ५ हजार ९०४ जना संक्रमित निकाे भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा आज ६ हजार ८२५ जनालाई संक्रमण पुष्टि भएको छ ।
अहिलेसम्म नेपालमा ५ लाख ८६ हजार हजार ५०९ जनालाई संक्रमण पुष्टि भएको छ जसमध्ये ४ लाख ६७ हजार ४६७ जना संक्रमणमुक्त भएका छन् भने ७ हजार ६३० जनाको मृत्यु भएको छ
अहिले १ लाख १ हजार ८३९ जना संक्रमित आइसोलेसनमा छन् । पछिल्लो २४ घण्टामा १८ हजार ५६२ पीसीआर र ३२११ एन्टीजेन परीक्षण भएको छ ।