शुक्रबारको मौसम बदली रही एक–दुई स्थानमा हल्का वर्षा हुने

  • प्रकाशित मिति : २०७८ जेष्ठ २१, शुक्रबार
  • नेपाल टेल संवाददाता

काठमाडौं। देशका पहाडी भू–भागहरुमा आज शुक्रबारको मौसम बदली रही एक–दुई स्थानमा हल्का वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव छ ।



अहिले बिहान बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।

शुक्रबार दिउँसो प्रदेश १, प्रदेश २ र बागमती प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली रही अन्य स्थानहरूमा सामान्यतया मौसम सफा रहनेछ । पहाडी भू–भागका एक–दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

यस्तै, राति पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।