हुम्लामा स्वास्थ्यकर्मीमाथि हातपात

  • प्रकाशित मिति : २०७८ जेष्ठ २१, शुक्रबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । कर्णालीको हुम्लामा एक स्वास्थ्यकर्मीमाथि हातपात भएको छ । हुम्लाको चङ्खेली गाउँपालिकामा यस्तो घटना घटेको हो ।

गाउँपालिकाका स्वास्थ्य संयोजक कालीबहादुर बुढालाई शिक्षक अम्रित रोकायाले हातपात गरेका हुन् । स्वास्थ्य संयोजक बूढाका अनुसार शिक्षक रोकायाकी श्रीमती कोरोना संक्रमण भएर होम आइसोलेसनमा थिइन् ।



उनको उपचारका लागि नआएको भन्दै रोकायाले बूढामाथि हातपात गरेका हुन् । दिनहुँ उपचार गर्न किन नआएको भन्दै आफूमाथि शिक्षक रोकायाले हातपात गरेको संयोजक बुढाको भनाइ छ ।

घटनाबारे जानकारी आएको र प्रहरीले सत्यतथ्य बुझेर त्यही अनुसार अघि बढ्ने प्रहरीले जानकारी दिएको छ ।