बेलायतमा फेरि बढ्यो संक्रमण, तेस्रो लहरको खतरा

  • प्रकाशित मिति : २०७८ जेष्ठ २२, शनिबार
  • नेपाल टेल संवाददाता

एजेन्सी। बेलायतमा कोरोना भाइरस संक्रमणको तेस्रो लहरको खतरा मडारिन थालेको छ । शुक्रबार सार्वजनिक आँकडाअनुसार यहाँ पछिल्लो २४ घण्टामा ६ हजार २ सय ३८ जनामा संक्रमण पुष्टि भयो र ११ जनाको मृत्यु भयो । बेलायतमा दुई महिनापछि पहिलोपटक संक्रमितको संख्या ६ हजार नाघेको हो ।

यसअघि पछिल्लोपटक २५ मार्चमा ६ हजार १ सय १८ संक्रमित भेटिएका थिए । विज्ञहरुलाई कोरानो डेल्टा भेरिएन्ट भेटिएको हुनसक्ने चिन्ता छ । यो भेरिएन्ट सबैभन्दो पहिले भारतमा भेटिएको थियो । भारतमा संक्रमितको संख्या ह्वात्तै बढ्नुमा यही भेरिएन्ट कारक रहेको बताइएको छ ।



बेलायतमा मेइ महिनाको अन्तिम सातादेखि संक्रमण बढ्न थालेको थियो । यहाँ मेईको सुरुवातमा दैनिक २ हजारमा संक्रमण देखिएको थियो । यो संख्या बढेर २८ मेइमा ४ हजार नाघ्यो । त्यसपछि केही दिन संक्रमितको संख्या घटेको थियो । तर जून लागेसँगै ५ हजार नाघ्यो र अहिले ६ हजार नाघेको छ ।