हेल्लो सरकार आइसीयुमा ! पूर्वप्रमुखले नै गरे हेल्लो सरकारमै उजुरी

  • प्रकाशित मिति : २०७८ जेष्ठ २३, आईतवार
  • नेपाल टेल संवाददाता

काठमाडौं । सरकारी निकायप्रति जनताका गुनासा समस्याहरु लिएर ती निकायलाई झक्झकाउने निकाय हेल्लो सरकारमा सोही कार्यालयका पूर्वप्रमुखले गुनासो सुनाएका छन् ।​ सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयको मातहत रहेको हेल्लो सरकारका पूर्वप्रमुख उपसचिव प्रद्युम्न उपाध्यायले सामाजिक सञ्जाल ट्वीटरमार्फत १९ रुपैयाँ पर्ने एक चाउचाउको ३१ रुपैयाँ लिएपछि हेलो सरकारसहित उपभोक्ता हित हेर्ने निकाय बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको ध्यानाकर्षण गरे ।

ती निकायलाई उनले चाउचाउको मूल्य बढी भएको त हैन भनेर ध्यानाकर्षण गराएका हुन् । उनले ट्वीटरमा लेखेका छन्, ‘भारतीय १२ रुपैयाँको नेपाली १९.२० हुन्छ । ढुवानी भाडा र अन्य करहरु कति होला ! नाफा कति होला ? उपभोक्ताको हातमा भारतीय रुपैयाँ १२ को चाउचाउ ३१ रुपैयाँमा आयो ।’