जोखिम भत्ताका लागि स्वास्थ्य मन्त्रालयले माग्यो विवरण, क-कसले पाउने?

  • प्रकाशित मिति : २०७८ जेष्ठ २३, आईतवार
  • नेपाल टेल संवाददाता

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको उपचार तथा व्यवस्थापनमा खटिएका अग्रपंक्तिका स्वास्थ्यकर्मी र अन्य कर्मचारीलाई ५० प्रतिशत जोखिमभत्ता उपलव्ध गराउनका लागि सबै सरकारी अस्पताल, प्रदेश स्वास्थ्य मन्त्रालय तथा प्रदेश सामाजिक विकास मन्त्रालयसँग विवरण मागेको छ ।

स्वास्थ्य मन्त्रालयले आइसोलेसन सेन्टर, प्रयोगशाला, अस्पतालहरुलाई कोरोना उपचार गर्ने सम्झौता वा सञ्चालन गर्ने निर्णय, बिरामीहरुको रियल टाइम रिपोर्टिङ, ड्युटीमा खटिएकाको मात्र ड्युटी लिष्ट र ड्युटीमा खटिएकाहरुको मात्र तलवी भर्पाइ एक हप्ताभित्र उपलव्ध गराउन सूचित गरेको छ ।