काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बिरामी भएका छन् । उनी बिरामी परेका कारण आज बस्ने भनिएको संवैधानिक इजलास स्थगित भएको छ । ‘सम्माननीयज्यू बिरामी पर्नुभयो, त्यसैले आज संवैधानिक इजलास बस्दैन’ अदालत स्रोतले भन्यो ।
जबराले आफु अस्वस्थ भएको जानकारी अदालत प्रशासनलाई गराएका छन् । प्रतिनिधिसभा विघटन मुद्दामा अब बुधवार सुनुवाइ हुनेगरी निवेदकलाई तारेख दिइएको छ ।